देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रेस संगठन नेपाल’ को २२५ सदस्य केन्द्रीय समितिमा

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ ।प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम टुंगो लगाएको हो ।

प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वय राजेश राई र विष्णु सापकोटा’जुगल’ ले प्रस्तुत गरेको अन्तिरिम विधान २०७५ लाई अन्तिम रुप दिएको छ ।

उक्त विधानअनुसार संगठनको केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित २२५ सदस्य रहने छ भने प्रदेश समिति अध्यक्ष र सचिवसहित १२५ सदस्य, जिल्ला समिति ३५ सदस्य र शाखा समिति ९ सदस्यीय रहने छ । यस्तै १५र१५ सदस्य अनुशासन र लेखा आयोग हुने छन् ।