काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठक पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठक भोलि बिहान साँढे ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
वि.स. २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नम्बर १ बाट निर्वा्चित जोशीको मंगलबार निधन भएको थियो ।
वि.स. २०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वा्चित भएका थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ ।
जोशीको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
प्रतिक्रिया