देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे आज अन्तिम निर्णय हुने

देशान्तर

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश रहनुभएका दीपकराज जोशीको संसदीय सुनुवाईको बुधबार अन्तिम निर्णय गर्ने भएको छ ।

सुनुवाई समितिमा जोशीको शैक्षिक प्रमाण पत्र तथा अरु विषयमा विवाद देखिएपछि निर्णय हुन सकेको छैन । दलिय प्रभावका कारण सुनुवाई समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

सोमबार स्थागित भएको बैठक बुधबार दिउँसो साढे ३ बजे बस्दैछ । समितिमा रहेको कांग्रेसका दुइ सदस्य उपस्थीत नभएको भन्दै संसदीय सुनुवाइ समितिको बैठक सोमबार स्थगित भएको थियो ।

जोशीको फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर र अन्य मुद्धामा भएका फैसलाका विषयमा प्रमुख बिपक्षीदल कांग्रेसपनि मौन बसेको छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले गएको चैत १ गते राजीनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहनुभएको छ ।