काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट बुधबार बिहान ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई उद्धार गरिएको हो ।
तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । प्रहरीको सहयोगमा उक्त होटलमा छापा मारेर नेपाली महिलालाई उद्धार गरिएको जनाइएको छ । मानव तस्कर गिरोहका सदस्य भने पक्राउ परेका छैनन् ।
पीडित महिलाले आफूलाई श्रीलंका, खाडीमुलुक लगायतमा आकर्षक तलवका साथ रोजगारी मिलाइदिने आश्वासनका साथ दिल्ली ल्याइएको बताएका छन् ।
प्रतिक्रिया