काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सरकारको निरंकुश शैली, अत्यधिक कर वृद्धि, महँगी, महिलाविरुद्धका घटना आदिको विरोधस्वरुप प्रदर्शन र विरोध सभा आयोजना गरिएको पार्टीले जनाएको छ ।
बुधबार दिउँसो माइतीघर मण्डला, बबरमहल र बानेश्वरमा विरोध प्रदर्शनको कार्यक्रम तय भएको बताइएको छ । सभालाई पार्टीका अध्यक्ष पशुपतिशमशेर राणालगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया