काठमाडौँ । केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको र जनबिरोधी काम गरेको भन्दै सरकारलाई खबरदारी गर्न विपक्षी कांग्रेसले आज देशब्यापी विरोध प्रदर्शन सुरु गरेको छ। दिउँसो १ बजे सबै जिल्ला सदरमुकाममा प्रदर्शन सुुरु भएको हो । बिरोध प्रदर्शनमा देशभरका पाँच लाख कार्यकर्ता सडकमा उतार्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
जिल्ला समितिको आयोजनामा विरोध प्रदर्शन भइरहेको काँग्रेसले जनाएका छन् । सरकारले भने बिरोध प्रदर्शनलाई निस्तेज गर्न केही दिनअघि मात्र दुुई दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ। सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था विपरित सरकारले दुवै पद आफैं राखेको भन्दै संविधानअनुसार दुुईमध्ये कुनै एक पद विपक्षी दललाई दिनुपर्ने कांग्रेसको माग छ।
सरकार र डा. गोविन्द केसीसँग भएको सहमतिको अक्षरश पालना गर्नु पर्ने, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको गिरफ्तारी, वीर अस्पतालका चिकित्सकहरुलाई गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री रामबहादुर थापाले अनुचित दबाब दिएकाले सरकारविरुद्ध प्रदर्शन गर्न लागिएको प्रवक्ता शर्माले जानकारी दिए ।
महंगी, भ्रष्टाचार जस्ता जनजीविकाका सबालमा सरकार कत्ति पनि गम्भीर नभएको तथा सरकारी संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई आस्थाका आधारमा गरिएको निष्काशनबिरुद्ध खबरदारी गर्ने प्रवक्ता शर्माले बताए।
प्रतिक्रिया