देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली नेदरल्यान्ड्समा

देशान्तर

काठमाडौं। इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ । इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम पुगेको हो ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एक दिवसीय क्रिकेट खेलमा ‘डेब्यू’ गर्दैछ । नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार दुईओटा खेलको शृंखला खेल्दै नेपालले ऐतिहासिक फड्को मार्न लागेको हो । दुवै खेल नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा हुनेछ । नेपालले गत चैत १ गते एक दिवसीय मान्यता पाएको थियो ।

जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकपअन्तर्गत् छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो । नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको हो ।

नेपालले सन् २०१६ पछि पहिलोपटक नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो । त्यतिबेला विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् भएका दुई खेलमध्ये नेपाल एकमा विजयी तथा एकमा पराजित भएको थियो ।