देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज पनि हुन सकेन प्रधानन्यायाधीशको अनुमोदन

देशान्तर

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन हुन सकेन । आगामी साउन १६ गतेसम्मको लागि संसदीय विशेष सुनुवाई समितिको बैठक स्थगित भएको छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् । भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो ।
तर, प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

न्यायाधीशका रूपमा काम गरिरहेका छन् ।