देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडकका कारण बिमस्टेक अन्योलमा

देशान्तर

काठमाडौँ । आगामी भदौ १४ र १५ गते नेपालमा हुन लागेको बिमस्टेक शिखर सम्मेलन काठमाडौँका सडकको वेहालका कारण अन्योलमा परेको छ । सम्मेलनमा आउने पाहुँनाको व्यवस्थापन तयारीमा समस्या देखिएपछि विमस्टेक अन्यौलमा परेको हो ।

सम्मेलनको तयारीको जिम्मेवारी लिएको परराष्ट्र मन्त्रालयले सम्मेलनका लागि हल, पाहुनाका लागि गाडी र वासस्थानका विषयमा अहिले सम्म टुंगो लगाउन सकेको छैन ।

सवै तयारी एक महिना अगाडी नै गरिसक्नु पर्नेमा परराष्ट्र मन्त्रालय र नेपाल सरकार अन्यत्रै अलमलिदा तयारी हुन नसकेको हो । सरकार सवैभन्दा बढी बाटोको समस्यामा परेको छ ।

काठमाडौँका कुनैपनि सडक पाहुँनालाई सवारी चलाउन उपयुक्त नभएकाले सम्मेलनमा सहभागी हुने राष्ट्र र सरकार प्रमुखलाई आयोजकका तर्फबाट दिइने सेवामा समस्या परेको छ ।

पाहुँनालाई होटल सम्म पुर्याउन पनि बाटो समस्यामा सरकार फसेको छ । गत आर्थिक वर्षको अन्तिम महिनामा आएर रातारात रकम निकासा गरेको सरकारले भुक्तानी दिएको रकमबाट कुनै पनि सडक बनेका छैनन् ।

आफु निकटका ठेकेदारलाईमात्र रकम बाँडेकाले काठमाडौका सडकहरु विषत ६ महिना देखि मर्मत हुन सकेका छैनन् भने सभाहलको समस्या पनि उस्तै देखिएको छ । २०७२ मंसिरमा सार्क शिखर सम्मेलनका बेला भने राष्ट्रिय सभागृहलाई अन्तर्राष्ट्रिय सभासम्मेलन हलका रूपमा प्रयोग गर्ने भनिएको थियो ।

यसका लागि करोडौं खर्च गरेर सभागृह मर्मत र नयाँ भवन निर्माणसमेत गरिएको थियो । सभागृहमा अन्य कार्यक्रम गर्न बन्द पनि गरिएको थियो । पाहुनाका लागि गाडीको पनि छुट्टै झमेला छ । नेपालमा विशिष्ट व्यक्तिले चढ्ने सुरक्षित गाडी नभएको भन्दै सार्कमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नै गाडी ल्याएका थिए ।

यसपालि कसले आफैं ल्याउने, कसका लागि नेपालले व्यवस्था गर्ने भन्ने टुंगो लागेको छैन । सार्कमा गाडीको समस्या देखेर कतारले नौवटा ई–सिरिजका मर्सिडिज उपलब्ध गराएकोमा दुईवटा मात्र प्रयोगमा आएका छन ।