देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघद्धारा भिडियो कन्फेरेन्स मार्फत बैठक सम्पन्न !

देशान्तर

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।

भिडियो कन्फेरेन्स मार्फत बैठकलाई सम्बोधन गर्दै नेविसंघका केन्द्रिय सदस्य एवंम पोखरा विश्वविद्यालय समन्वय समितिका संयोजक नवराज त्रिपाठीले मापदण्ड विपरित सञ्चालनमा रहेका क्याम्पसहरुलाई सहि ट्रयाक्मा ल्याउनु पर्नेमा जोड दिए ।

उनले पोखरा विश्व विद्यालय अन्तर्गत सञ्चालमा रहेका अधिकांश कलेजहरुमा नियम अनुसार पूर्णकालिन ५० प्रतिशत शिक्षकहरु नभएको, ल्याब्रोटरी, लाईब्रेरी, प्लेग्राउन्डको उचित व्यवस्था नरहेको दावी गरे ।

उनले इन्जिनियरिङका विद्यार्थीहरुलाई रिसर्चका लागि सबै क्याम्पसहरुले आफ्नो आम्दानीको ५ प्रतिशत रकम छुटाउनुपर्ने र प्रवेश परिक्षामा एकद्धार नीतिको व्यवस्था गर्नुपर्ने माग गरे ।

संगठन विस्तार गरी नेविसंघलाई सशक्त बनाउनु पर्नेमा जोड दिदै उनले मापदण्ड विपरित सञ्चालित क्याम्पसहरु विरुद्ध उत्रन समेत कार्यकर्तालाई निर्देशन दिए ।

पोखराको पोखरा विश्वविद्यालय, चितवनको युनाइटेड टेक्निकल कलेज, प्रदेश ५ र ७ बाट राप्ति इन्जिनिययरिङ कलजेमा भेला भएका नेता–कार्यकर्तालाई उनले राजधानीको मोडल कलेजबाट भिडियो कन्फेरेन्स मार्फत सम्बोधन गरेका थिए ।