काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले करिब दुई महिनादेखि रोकिएको आवेदन आइतबारदेखि खुला गरेको हो ।
लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फारम भर्नुपर्ने ब्यवस्था गरिएको छ । विभागको वेभसाइट
www.dotm.gov.np मा गएर फारम भर्न सकिन्छ ।
सोही फारमका आधारमा विभागले लिखित परीक्षा र ट्रायलको पालो बारेमा जानकारी गराउने गरेको छ ।काठमाडौं उपत्यकाका कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, चावहिल, जगाति, ठूलो र्भयाङ र स्वयम्भूबाट लाइसेन्सको परीक्षा तथा ट्रायल हुन्छ ।
त्यस्तै उपत्यकाबाहिर मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परीक्षा र ट्रायल हुन्छ।
प्रतिक्रिया