काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनमा कांग्रेस भित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको बताएका छन । अन्तरघातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने देउवाले बताए ।
कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै देउवाले आन्दोलन कांग्रेसको रहर नभएको बताए ।सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको देउवाको भनाई छ ।
कम्युनिष्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै देउवाले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । कम्युनिष्टहरुको सरकार अधिनायकवादतिर जान प्रयास गरिरहेको छ सभापति देउवाले आफुहरुले त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने बताए
प्रतिक्रिया