काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विरोधलाई सुन्ने र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको बताएका छन ।
रिर्पोटर्स क्लब रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताए ।प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने रहर आफूलाई पनि लागेको बताउँदै उनले हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिए ।
भ्रम एक पटक छर्नुभयो त्यसको उब्जनी पनि राम्रै भयो भन्दै अब फेरि भ्रमको खेती नचल्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन आफू कार्यकर्ता र सर्वसाधारणसँग भेट गर्ने अभियानमा लागेको उनको भनाई छ ।
नेतृत्वका लागि महामन्त्री शंशाक कोइराला र आफनो बीचमा कुनै विवाद नरहेको उनले बताए ।
प्रतिक्रिया