काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरे।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७३/०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाए। चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु, सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ ।
आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका बिधयकहरू, २१ नियमावली नौ बिषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्वीकृत भएको बताए। सो कार्यविधि अनुसार संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताए। प्रधानमन्त्ती ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यन्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
प्रतिक्रिया