काठमाडौं । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले लगातार दोस्रो जित
निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले रौतहटलाई ७ — ० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले सहज जित हात पारेको हो । एपीएफलाई नित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यसअघि पहिलो खेलमा एपीएफका लागि सावित्राले काठमाडौंविरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी थिइन् । त्यस्तै एपीएफका लागि सरु लिम्बुले २ तथा अनिता बस्नेतले १ गोल गरेकी थिइन् । लगातार दुई खेलमा जित हात पार्दै एपीएफले ६ अंक जोडेको छ
प्रतिक्रिया