देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड, एक लाख ४६ हजार आवेदन

देशान्तर

काठमाडौं । श्री पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड भएको छ ।

गत साउन १ गते देखि ४ गतेसम्म सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला भएको गरेकोमा  कर्मचारीहरु तथा सामूहिक लगानी कोषबाट सम्पूर्ण कित्ता शेयरको लागि आवेदन प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

प्रति शेयर रु.१००।- अङ्कित दरको ११,००,००० कित्ता (४४,००० कित्ता कर्मचारीहरुको र ५५,००० कित्ता सामूहिक लगानी कोषको समेत) रहेको छ ।

आवेदन दिने १,४६,३८९ जना आवेदकहरुबाट १,००,८४,७३० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा शेयर निष्काशन तथा बिक्री बन्द भएको ७ औ दिन, मिति साउन ११ गते आवेदकहरुलाई न्युनतम १० कित्ता शेयर बाँडफाँंट गरिएको छ ।

कम्पनीले कुल १,००,१०० आवेदकहरु छनौट गर्ने गरी १०,०१,००० कित्ता शेयर मिति साउन ११ गते सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाण्डौमा निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड गरेको छ ।