काठमाडौं । महिला अस्मितामाथि धावा बोल्ने दुर्गा प्रसाईलाई उन्मुक्ति दिन सरकारले प्रपंच रचेको आरोप लगाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्र) ले आपत्ति जनाएको छ ।“बंगलादेशमा अध्ययनरत छात्राहरु माथि दुर्गा प्रसाईले लगाएको लाञ्छना अकल्पनीय र अस्वीकार्य छ ।
यो महिला मात्र नभएर सम्पूर्ण युवा विद्यार्थीको भविष्य माथिको प्रहार हो । यस्तो नियति समाज माथिकै कलंक हो, त्यसकारण बिलम्ब नगरीकन दुर्गा प्रसाईलाई कारवाही हुनु पर्दछ,” राप्रविसं (प्र) का अध्यक्ष धनशुर शाहीद्धारा जारी विज्ञिप्ति उल्लेख छ ।
“शेरबहादुर तामाङलाई मन्ंत्री पदबाट राजीनामा गर्न लगाएर समाजको ध्यान अन्यत्र मोड्ने प्रयास भएको आशंका उब्जिएको छ । त्यसो हो भने सरकार माफियाको चंगुलमा छ भन्ने प्रमाणित हुन्छ ।” जारी विज्ञिप्ति उल्लेख छ ।अधिनायकवादतर्फ उन्मुख नेकपा सरकारले असनसरत डा. केसीका मागलाई गम्भीरतापूर्वक नलिएको राप्रविसं (प्र) को आरोप छ ।
प्रतिक्रिया