काठमाडौं । दुई दर्जन बढी चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दवाव दिँदै शिक्षण अस्पताल महाराजगंज अगाडिको सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहिबार सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढन खोजेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिनु अघि दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो । त्यस अवसरमा चिकित्सकहरुले गोविन्द केसीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नेलगायतका सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा. केसीले अनसन बसेको बिहिबार २७ औं दिन पुगेको छ । यसबीचमा सरकार उहाँको माग सम्बोधन गर्न गम्भिर नदेखिएको प्रर्दशनमा उत्रिएका चिकित्सकहरुको गम्भिर आरोप छ । प्रर्दशनका क्रममा उनीहरुले सरकार माफियाको चंगुलमा फसेकाले केसीको माग सम्बोधन गर्न तयार नदेखिएको आरोप पनि लगाएको थिए ।
नेपाल चिकित्सक संघको आह्वानमा वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै देशभरका सबै सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
प्रतिक्रिया