देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार र डा. केसीको वार्ता असफल

देशान्तर

काठमाडौं । सरकार र डा। गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नहुँदा वार्ता असफल भएको भन्दै डा। केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।
सरकारले भने राजनीति भएका कारण डा। केसीसँगको वार्ता असफल भएको जनाएको छ । सरकार र डा। केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो ।

तर, चिकित्सा शिक्षा विधेयकमा डा। केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।वार्ता रोकेर सरकारी वार्ता टोली परामर्शमा गएको थियो । तर, कुनै प्रगति भएन ।

स्रोतका अनुसार सरकारी टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई विधेयक संशोधनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सरकार र डा। केसीको सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।तर, नेता नेम्वाङले विधेयक संसदको विषय भएको बताएपछि सरकारी टोलीले सहमति दिन सकेन ।

डा। केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्वन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा। अभिषेकराज सिंहले बताएका छन् ।