काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म्पद्वारा उत्तर कोरियाले आणविक परीक्षण स्थल नष्ट गर्न सुरु गरेको दाबी गरेका छ ।अन्तरिक्षबाट लिइएको आणविक परिक्षण केन्द्रको तस्बिरलाई अमेरिकी विश्लेषक समूहले निरीक्षण गरेपछि सो खबर पुष्टि भएको हो ।
यसअघि सोहि केन्द्रबाट अन्तरिक्ष यान मात्र परिक्षण गर्ने गरिएको प्योङयोङको दाबी थियो तर अमेरिकाले भने सो स्थलमा मिसाइलहरु पनि परिक्षण हुने गरेको आशंका गर्दै आएको छ ।उत्तर कोरियाको यस्तो कदमले सिंगापुरको ऐतिहासिक सम्मेलनमा अमेरिकासँग स्थापित सम्झौतामाथि काम भइरहेको प्रमाणित भएको छ ।
यसअघि निशस्त्रीकरणको प्रक्रियालाई लिएर उत्तर कोरियाले कहिले र कसरी काम सुरु गर्ने भन्नेबारे विवाद हुँदा ट्रम्प चारैतिरबाट आलोचित भएका थिए ।पछिल्लो नौ महिनामा प्योङयोङले एउटा पनि मिसाइल परीक्षण नगरेको र आणविक गतिविधिमा पनि संलग्न नभएको अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पले जनाएका छन् ।
प्रतिक्रिया