काठमाडौं । भारतको नयाँ दिल्लीबाट गएराति १६ नेपाली युवतीको उद्दार गरिएको छ ।
नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।
उनीहरुलाई नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतसम्म र्पुयाइएको दिल्लीका सामाजिक अभियन्ता अमित मिश्रले जनाएका छन् ।
उनीहरुलाई कुवेत र इराक लाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा उद्दार गरिएको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया