एजेन्सी । पाकिस्तानमा बुधबार संसदीय तथा प्रान्तीय चुनावका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा बसेका छन् ।
चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण ३१ जनाको मृत्यु भएको छ । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।
पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र छेउमै बिस्फोट भएको हो । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा मृत्यु हुनेमा प्रहरी पनि रहेका छन् । कडा सुरक्षा व्यवस्थाका बिच पाकिस्तानमा चुनाव भइरहेको छ ।
प्रतिक्रिया