काठमाडौं । लक्ष्मी बैंकले एकैसाथ पाँच नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।
यस नयाँशाखासँगै लक्ष्मी बैंकको शाखा संजाल ९४ पुगेको छ । ३ हस्पिटलमा सेवा काउन्टर, १०४ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
प्रतिक्रिया