देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकालाई बाघको पुच्छरसँग नखेल्न इरानी राष्ट्रपति रुहानीको चेतावनी

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति हसन रुहानीले शत्रुतापूर्ण चेतावनी दिएपछि दुई मुलुकको सम्बन्धमा थप तनाव बढेको छ ।इरानी राष्ट्रपति रुहानीले अमेरिकाको शत्रुतापूर्ण नीतिप्रति कटाक्ष गर्दै इरानसँगको युद्ध सबैभन्दा ठूलो युद्ध हुने चेतावनी दिएका छन ।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘बाघको पुच्छर’सँग नखेल्न र यसबाट केबल पछुतोमात्र हुने चेतावनी दिएका छन ।तेहेरानमा सम्बोधन गर्दै रुहानीले इरानसँगको शान्ति सबै प्रकारको शान्तिको जननी र युद्ध पनि सबै प्रकारको युद्धको जननी भएको अमेरिकाले बुझेको बताउनुभयो। उनले अमेरिकी नीति मुलसमान विरोधी भएको आरोपसमेत लगाएका छन

।इरानको यस्तो धम्कीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् ‘अमेरिकालाई कसैले पनि दोस्रोपटक धम्की नदिनू’ भन्दै यस्तो भएमा इतिहासमा पहिला कहिल्यै नभोगेको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन ।