देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुराना नेतालाई कम्युनिष्ट पार्टीमा आउन दाहालको आग्रह

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

यसैबीच पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागि हुन पुराना कम्युनिस्ट नेताहरुलाई आह्वान गरेका छन् ।

उनले प्रतिक्रान्तिहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनाउनु पर्ने आवश्यकता औल्याए । कम्युनिष्ट पार्टीको एकता पुष्पलालको सपना भएको भन्दै अध्यक्ष दाहालले एकतालाई थप उचाईमा पु¥याउनु पर्नेमा जोड दिए ।

पुष्पलाल सिद्धान्त,संगठक र कुशल नेतृत्व क्षमता भएको व्यक्ति भएको भन्दै अध्यक्ष दाहालले पार्टीलाई पुष्पलालकै आदर्श र सिद्धान्तबाट अगाडि बढाउन सकिने पनि बताए । पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे ।

१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन विताएर राजनीतिक सन्देश दिएका थिए ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।