देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

देशान्तर

चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए ।

उहाँले उठाउनुभएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उहाँको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।”

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए।