काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताएका छन ।संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेलले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी दिएका छन ।
उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्न भन्दा निरंकुशता र दमन तर्फ सरकार उन्मुख हुदै गएको टिप्पणी गरे । उनले समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नया शोषक बर्ग जन्माउन उद्धत रहेको बताए ।
त्यसको शसक्त खबरदारी गर्नुपर्ने आवश्यकता भएको बताए। काङग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले पैसाको राजनीतिलाई पार्टीले निरुत्साही गर्ने काम गर्न सक्ने हो भने विपिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
प्रतिक्रिया