काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जना रहेका छन् ।
२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रम ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयास गरेका थिए ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीको लाठीचार्जबाट योगेन्द्र रावल घाइते भएको र उनको कीर्तिपूर हस्पिटलमा उपचार भइरहेको बताइएको छ । यस्तै पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको छ ।
प्रतिक्रिया