काठमाडौं– जुम्लामा अनसन बसेका डा। गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।
बिहीबार डा। केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो ।
उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ डा। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो ।
सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्याआउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए । यसअघि आजै उनले सहयोगिमार्फत एक अडियो सन्देश दिएर विधेयक फिर्ता नलिएसम्म काठमाडौ नजाने र अनसन पनि नतोड्ने बताएका थिए ।
प्रतिक्रिया