काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ ।कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ ।
डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय छ ।संसदको बैठक भोलि बस्दै छ ।
यसैगरि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन । पौडेलले भोलिसम्म नाम दिने सहमति गरेका हुन ।नेताहरुका अनुसार समिति ९ सदस्यीय हुनेछ । त्यसमा संयोजक बाहेक ४र४ रहने बताइएको छ ।
प्रतिक्रिया