देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज विश्वभर नेल्सन मण्डेलाको सम्झना

देशान्तर

काठमाडौँ । रंगभेदी आन्दोलनका अभियन्ता तथा दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सम्झनामा आज विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा मण्डेला जन्मिएको दिन पारेर हरेक वर्ष जुलाई १८ का दिन दिवस मनाउने गरिएको छ ।

सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेसँगै यो दिवस सन् २०१० देखि मनाउन थालिएको हो । यो वर्ष विशेष रुपमा मनाइदैछ ।

मण्डेला जन्मिएको १०० वर्ष पूरा भएको छ । सन् १९१८ को जुलाई १८ मा मण्डेलाको जन्म भएको थियो । १०० वर्ष पूरा भएको अवसरमा वर्षदिनभर विशेष कार्यक्रम गरिएका थिए ।

रंगभेदी आन्दोलनको नेतृत्व गरेर अश्वेतलाई अधिकार दिलाएकोमा मण्डेलाले नोबेल शान्ती पुरस्कार पनि पाउनु भएको थियो ।