देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमान दुर्घटनामा नेपालीले पनि विदेशी नागरिकसरह क्षतिपूर्ति पाउछन् : मन्त्री अधिकारी

देशान्तर

काठमाडौं । विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिकसरह क्षतिपूर्ति पाउने भएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले अब नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिकसरह करिब डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

मंगलबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपालीले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह क्षतिपूर्ति दिनका लागि आवश्यक निर्णय गरिसकेको स्पष्ट पारे । विमान दुर्घटनामा ज्यान गएका नेपालीलाई अहिलेसम्म २० लाख क्षतिपूर्ति दिने गरिएको छ । मन्त्री अधिकारीले नारायणी नदीमा पानी जहाज संचालनका विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए । नेपालमा पानी जहाज आउन ढिलाई नहुने पनि मन्त्री अधिकारीको दाबी छ ।