काठमाण्डौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको मगंलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।
विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन ।
प्रतिक्रिया