देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्सलाई विश्वकप उपाधि

देशान्तर

मस्को — स्टार खेलाडीले भरिएको फ्रान्सले सुस्त सुरुआत गरेरपनि विश्वकप फुटबलको उपाधि जितेको छ । उसले आइतबार लुजनिकी रंगशालामा भएको फाइनलमा क्रोएसियामाथि ४—१ को जित रच्दै दोस्रोपल्ट विश्वकप जितेको हो ।

यो विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेका १९ बर्षीय फरवार्ड किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमन र पउल पोग्बाको गोलसँगै फ्रान्स फेरि विश्वविजेता भएको हो । यसअघि उसले सन् १९९८ मा घरेलु भूमिमा भएको फाइनलमा ब्राजिललाई ३—० ले हराएर पहिलोपल्ट विश्वकप जितेको थियो । उसलाई २००६ को फाइन्लमा भने इटालीले पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो ।

डिडियर डढेसच्याम्प २० बर्षअघि फ्रान्स च्याम्पियन हुदा कप्तान थिए । अहिले उनी प्रशिक्षकको रुपमा च्याम्पियन भए । यसरी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने उनी तेस्रो व्यक्ति हुन् । फरवार्ड ओलिभर जिरोउ सातौं खेलमा पनि गोलको खाता खोल्न असफल भए तर एम्बाप्पे, ग्रिजमन र पोग्बाले क्रोएसियाली डिफेन्सलाई ध्वस्त पारिदिए । मिडफिल्डमा फेरि ल्युका मोडरिच चम्किए तर उनी एक्लैले क्रोएयिालाई विश्वकप जित्ने नवौं टिम बनाउन सकेनन् ।
दुई दशकयताका दुईपल्ट विश्वकप जित्ने फ्रान्स पहिलो टिम हो । दोस्रोपल्ट च्याम्पियन भएपछि उसले उरुग्वे (१९३० र १९५०) र अर्जेन्टिना (१९७८ र १९८६) को उपलब्धि पनि बराबरी गऱ्यो । यसभन्दा बढी इटाली र जर्मनीले चार—चार तथा ब्राजिलले पाँचपल्ट विश्वकप जितेका छन् । क्रोएसिया भने फाइनल पुगेरपनि उपाधि नजित्ने चोथे टिम बन्यो । उसको हारसगै सन् १९५८ यता हरेक २० बर्षमा नया च्याम्पियन निस्कने क्रम पनि तोडियो ।
फ्रान्सले यो विश्वकपको पहिलो खेलमा अस्ट्रेलियालाई २—१ ले पराजित गर्न भिडियो अस्टिेन्ट रेफ्रिको सहायेग लिनुपरेको थियो । र, समूहको अन्तिम खेलमा डेनमार्कविरुद्ध पनि निरस फुटबल खेलेको थियो । तर, नकआउट प्रवेशसगै उसले लय समात्यो ।
अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध ४—३ को जितमा दुई गोल गर्दै एम्बाप्पेले नया सुपरस्टारको रुपमा उदाएको संकेत दिए । त्यसपछि फ्रान्सले क्वाटरफाइनलमा अर्को दक्षिण अमेरिकी टिम उरुग्वेलाई हराएको थियो । उसले सेमिफाइनलमा स्टार खेलाडीको वर्चस्व रहेको बेल्जियमलाई पराजित गर्न पनि धेरै मिहिनेत गर्नुपरेको थिएन ।
कुल ४० करोड अमेरिकी डलर पुस्कारको विश्वकपमा फ्रान्सले तीन करोड ८० लाख हात पाऱ्यो । उपविजेता क्रोएसियाको भागमा २ करोड ८० लाख डलर रह्यो । ३० टिम सहभागि एक महिने प्रतियोगितामा इंग्ल्यान्डलाई हराएर तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख डलर पायो ।कान्तिपुर