देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूमिसुधारका नासु ३० हजार घुससहित अख्तियारको फन्दामा

देशान्तर

काठमाडौं । भुमिसुधार कार्यालय बिराटनगर मोरङका नायव सुब्बा दामोदर खतिवडा ३० हजार घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई घुस लिईरहेको अवस्थामा आफ्नै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

खतिवडाले मोहियानी हक मिलाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियारले जनाएको छ ।