काठमाडौं– सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई काममा फर्काउन आदेश दिएको हो ।
अदालतको यो फैसला आएलगत्तै साउदले सर्वोच्चले न्याय गरेको भन्दै खुसी व्यक्त गरेका छन् भने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले सुनुवाइ भएको तर आदेश भने आइनसकेको दाबी गरेका छन् ।
१४ भदौ २०७४ पछि गरेको राजनीतिक नियुक्ति गत असार २० गते मन्त्रिपरिषदको निर्णयले खारेज गरेको हो । यो निर्णयसँगै नेप्सेका साउद पनि निकालिएका हुन् । सरकारले गैरकानुनी ढंगले पदमुक्त गरेको भन्दै सरकारी निर्णय विरुद्ध अन्तरिम आदेशको माग गर्दै साउदले बिहिबार सर्बोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया