काठमाडौं । नेपाली काँग्रेसका नेता एवम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वरिष्ठ चिकित्सक डा। गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा निकालिएको बृहत प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली आफैं गम्भिर नभएको आरोप लगाए ।
उनले सरकारले जिद्धीमा वरिष्ठ चिकित्सक केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधि हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै प्राध्यापक केदारभक्त माथेमाले मेडिकल क्षेत्रको सुधारको माग राखेर गरिएको आन्दोलनलाई बेवास्ता गरेर सरकारले एक जना नागरिकको पनि हित गर्न नसकेको दावी गरे ।
प्रतिक्रिया