काठमाडौं । नेपाल बिद्यार्थी सघले उपाध्यक्षको नेतृत्वमा जुम्ला पुगेर चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको अनसन प्रति ऐक्यवद्धता जनाएको छ ।
नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत केन्द्रीय टोलि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर डा केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
डा. केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपाली जनाता र विद्यार्थीका लागि लडिरहेकाले नेपाल विद्यार्थी संघले पनि ऐक्यबद्धता जनाएको उपाध्यक्ष अधिकारीले बताए ।
‘आइतबार जुम्लामा बृहत विरोधसभा र धर्ना लगायतका कार्यक्रमहरु गर्ने छौँ’’ उनले भने, ‘डा केसीको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत सरकारले कुनै वास्ता गरेको छैन ।’
सो टोलीमा बाँके ने वि संघ अध्यक्ष पुर्ण प्रसाद आचार्य , दुर्गा कापडी लगायत जुम्ला ने वि संघ र कांग्रेसका नेताहरुको सहभागिता थियो ।
प्रतिक्रिया