काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उनीहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । गृहजिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारकाक्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो ।नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धूम्रबाराही पुगेका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनी रौतहट क्षेत्र नम्बर–२ बाट वाम गठबन्धनको उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया