देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारद्धारा गरिव घर परिवार परिचयपत्र वितरण शुरु

देशान्तर

कपिलबस्तु । सरकारले आजबाट गरिव घर परिवार परिचयपत्र वितरण शुरु गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कपिलबस्तुको मायादेवि गाउँपालिकामा -६ डुमरा परिचय पत्र बितरण गरेर यसको शुरुवात गरेका छन् ।

देशका २६ जिल्लामा यस्तो परिचयपत्र बितरण हुँदैछ । बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ। गरिव परिचय पत्र अतिगरिव रातो कार्ड, सामन्य गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण गरिएको छ।सरकारले पाँच बर्ष अगाडि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिव घर परिवार पहिचान गरेको थियो ।

उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ । पहिलो चरणमा २६ जिल्लाका तीन लाख ९४ हजार गरिव घर परिवारलाई कार्ड वितरण गर्ने सरकारको लक्ष्य छ । १२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । नव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।

बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भएको छ । २६ जिल्लामा वितरण गर्नका लागि पनि बजेटको अभाव छ । अहिले जम्मा परिचय पत्र वितरण गर्न ६३ करोडा रुपैयाँ छ, चाहिन्छ ४ अर्व ।

अधिकारीहरुले यस्तो परिचयपत्रले तत्काल केही सुविधा नभएपनि सरकारलाई गरिवमैत्री नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । कतिपयले चाहिँ गरिवलाई परिचयपत्र दिएर सरकारले उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न थालेको भनेर आलोचना पनि गरेका छन् ।