देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षण अस्पतालका आवासीय चिकित्सक आजबाट हडतालमा

देशान्तर

काठमाडौं । दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा उत्रेका छन् ।

उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै आजदेखि हडताल थालेका हुन् । डा. केसी १४ दिनदेखि जुम्लामा अनशनरत छन् । तर, उनको मागलाई लिएर सरकारसँग वार्ता हुन सकेको छैन् ।

डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । डा.केसीलाई बुधबार काठमाडौं ल्याउने प्रयास भएको थियो । तर, त्यो असफल भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न थालेको छ । एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको थियो ।

हिजो नै मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको थियो । डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको थियो ।

पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरेका थिए ।