काठमाडौ। नेपाल सरकारले चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् ।
दुबै गैडा हिजो चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखेको छ ।
गैडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको अरु देशसँगको मित्रतालाई सुदृढ गर्दै लैजाने लक्ष रहेको बताएका छन।
प्रतिक्रिया