काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धलाई समान हैसियतमा पु¥याउन आफू सफल भएको बताएका छन ।
प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलो पटक बराबरीको हैसियतमा ल्याउन सफल भएको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी समेत गरे। उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी गरे ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने बताए ।
प्रतिक्रिया