देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्नगल समाचार आएको भन्दै पौडेलको सचिवालयद्धारा दुःख व्यक्त

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नीजि सचिवालयले केहि दिन यता विभिन्न अनलाईनहरुमा प्रकाशित भएका समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले हुँदै नभएका छलफललाई उदृत गरेर अर्नगल प्रचार गरिएको भन्दै त्यसप्रकारका समाचारप्रति दुःख व्यक्त गरेको छ ।

केहि अनलाईनहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलले भेटको विषयलाई लिएर छलफल नै नभएको कपोकल्पित तथ्यका आधारमा समाचार प्रकाशित गरिएको वरिष्ठ नेता पौडेलको सचिवालयले जनाएको छ । पछिल्लो समयमा दुई नेताका बीचमा भएको भेटमा देउवाले पत्नी अरजुलाई र पौडेलले छोरा चिन्तनलाई राजनीतिमा अगाडि बढाउनकै लागि सहकार्य थालेको समाचार सार्वजानिक भएको थियो ।

यस्तै केहि अनलाईनले प्रदेशको नेतृत्व भागबण्डा गर्दै सहमति गरेको भन्ने समाचारप्रति समेत पौडेलको सचिवालयले दुःख व्यक्त गरेको छ । जिल्ला सभापतिहरुको भेलाको म्याण्डेट र पार्टीको विधान अनुसार पार्टीका प्रदेश संरचना र मुलुकको संरचना अनुसारको विधान बन्नुपर्छ भन्नेमा पौडेल दृढ रहेको पौडेलका नीजि सचिव चिरिन्जीवी अधिकारीले स्पष्ट पारेका छन् ।

पौडेलको सचिवालयले पार्टीलाई एकताबद्ध बनाउने विषयलाई सधै वरिष्ठ नेताले उच्च महत्व दिदै आउनुभएको भन्दै पार्टीलाई एकताबद्ध र संगठनलाई जागरुक बनाउनका लागि सधै वरिष्ठ नेताले सवैसंगको सहकार्य र सहमतिलाई त्यतीकै महत्व दिने जनाएको छ ।