काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन।
बेलायत अन्तर्रा्ष्ट्रिय सहयोग नियोग डिएफआइडीका देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको पोखरेलले भेटबार्ता गरेका छन । मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे ।
डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।
प्रतिक्रिया