काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार लोकतन्त्र र संविधान विपरित कार्यबाट पछि नहटे प्रतिपक्षको सामना गर्न तयार हुनुपर्ने बताएको छन । उनिहरुले वर्तमान सरकार लोकतान्त्रिक मुल्य,मान्यता र संविधानको मर्म र भावना विपरित गइरहेको दावी गर्दै तत्काल सच्चिन चेतावनी समेत दिएका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले गलतबाटो नत्यागे कांग्रेसको सामना गर्न तयारहुनुपर्ने चेतावनी दिएका छन । उनले एउटा निर्वाचनमा बहुमत ल्याउदैमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई चुनौती दिएको भन्दै चुनावमा हारेको कांग्रेससंग सामना गर्न तयार रहन ओलीलाई चुनौती दिएका हुन ।
कांग्रेसले सोमवार राजधानीमा कांग्रेसका पुराना नेताहरुको विचार समेट्ने भन्दै आयोजना गरेको कार्यक्रममा देउवाले सरकारका गलत कदमबाट देशलाई बचाउन पनि कांग्रेस एकहुन आवस्यक रहेको बताए ।
देउवाले अहिलेको अवस्थामा कांग्रेस भित्रको मतान्तर जनताले नचाहेको भन्दै जनताको स्वतन्त्रता रक्षाका लागि कांग्रेस एकताबद्ध भएर शक्तिशाली बन्न आवस्यक भएको बताए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनायकवादतर्फ उद्दत भएको भन्दै कांग्रेस एक भएर चुनौतीको सामाना गर्न तयार हुनुपर्नेमा जोड दिए ।
उनले विपन्नलाई न्याय र गरिबलाई आय भन्ने मान्यतालाई अंगिकार गर्दै सरकारी दमनको विरुद्धमा लड्नका लागि तयार हुन सवैलाई आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले सरकारले दुईतिहाइको दम्भमा विधि र पद्दतिभन्दा पनि थर्काएर सत्ता सन्चालन गरिरहेको आरोप लगाए ।
नेताहरुले लोकतन्त्र संकटमा पर्नेगरी सत्तारुढ दलले काम गरेको आरोप लगाउँदै कम्युनिस्ट सरकार अधिनायकवाद लाद्न उद्दत भएकाले आन्दोलनकालागि कांग्रेस एकहुनुको विकल्न नभएको बताए ।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले गुट उपगुटमा विभाजित कांग्रेसले वर्तमान चुनौतीको सामना गर्न नसक्ने जिकिर गर्दै नेतृत्वलाई आफ्नो कार्यशैली परिर्वतन गर्न आग्रह गरे ।
जनताले बोध गर्नेगरी पार्टी एकता गरेर अघि बढ्न सुझाउँदै नेताहरूले पार्टीलाई बलियो बनाउन सबैले विधि–विधान अनुसार चल्न आवस्यक भएको बताए ।
कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू सरकारको पछिल्लो कार्यशैलीविरुद्ध सडकमा ओर्लिएका छन् । गुटउपगुटमा विभाजित नेपाल विद्यार्थी संघका साथै नेपाल तरुण दलले ओली नेतृत्व सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन ।
संघले सरकारी कार्यशैलीको बिरोध गर्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका थिए । उनीहरुले डाक्टर गोविन्द केसीको माग तत्काल सम्बोन गर्न आग्रह गर्दै तत्कालीन शेरबहादुर देउवा नेतृत्व सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गर्न उनीहरूले माग गरेका छन् ।
प्रतिक्रिया