देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सकसंघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिदै

देशान्तर

काठमाडौँ । नेपाल चिकित्सकसंघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज (मंगलवार) दिउसो ३ बजेबाट सकिदैछ । जुम्लामा विगत ११ दिनदखि अनसनरत डा. गोन्दि कोसीको जिवन रक्षाको माग गर्दै संघले सरकारलाई केसीका माग पुरागर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

पछिल्ला पाँच दिनदेखि देशभरिका चिकित्सकहरू डा.केसीको समर्थन र सरकारको विरोधमा कालोपट्टी बाँधेर काम गरिरहेका छन ।

सरकारले सकारात्मक पहल नगरे मंगलबार दिउँसो संघको कार्यालयमा हुने विशेष बैठकले विरोधका कडा कार्यक्रम ल्याउनेसमेत संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिएका छन ।

उनले सरकारले केसीका जायजमाग पुरागराउन पहल नगरे देशभरीका चिकित्सकहरुलाई आन्दोलनमा उत्रन आह्वान गरिने बताए ।

यसअघि हिजो सोमवार नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको थियो । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका थिए ।

जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले मन्त्री यादवलाई भेटेका हुन । उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन  ।

उनीहरूले चाँडोभन्दा चाँडो वार्ता गरेर निष्कर्षमा र्पुयाउन आग्रह गर्दै यसो नभए स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन । यस्तै सोमवारनै सरकारले अनसनरत डा. गोविन्द केसी र गंगामाया आधिकारीको अनसन तोडाउन गरेको प्रयास पनि असफल भएको छ ।

हिजो दिनभरीको प्रधानमन्त्री र उनको निजि सचिवलयले गरेको प्रयास असफल भएपछि सरकार अनसनका बिषयमा थप आलोचित बन्दै गएको छ ।

विगत १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार गरेका छन ।

आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै केसीले प्रधानमन्त्रीको संवाद सन्देश पुर्याउने नेपाल चिकित्सक संघका पदाधिकारीलाई आफ्ना सातबुँदे माग पुरा नभएसम्म वार्ता नगर्ने जानकारी गराएका छन ।

प्रधानमन्त्री ओलीले सचिवालय माफर्त डा. केसीसँग कुराकानीको वातावरण बनाउन नेपाल चिकित्सक संघ सँग आग्रह गरेपछि उक्त प्रस्ताव लिएर संघका पदाधिकारी केसी समक्ष गएका थिए ।

चिकित्सक संघका तर्फबाट डा.केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार अहिले कुराकानीका लागि केसीलाई मनाउने प्रयास जारीछ ।

डा. बुढाथोकीले कुराकानीबाटै समाधान निस्किने भएकाले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न आग्रह गरिरहेको बताएका छन ।

केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तह पछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गर्न माग गर्नुभएको छ ।

यस्तै सरकारको गत जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्न प्रयास पनि असफल भएको छ ।

सोमवार मानव अधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतलाई गंगामायाको अनसन तोडाउने जिम्मेवारी दिएर सरकारले पठाएको थियो ।

प्रधानमन्त्री ओलीको आग्रहमा गांगामायाको अनसन तोडाउन वीर अस्पताल पुगेका मानअधिकारकर्मीको टोलीसंग गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन ।