देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतमा पक्राउ

देशान्तर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको फरार सूचीमा रहेका हुन्डी कारोवारी १० किलो अवैध सुनसहित भारतमा पक्राउ परेका छन् । भुटानबाट १० किलो सुन बोकेर भारत हुँदै नेपाल छिर्ने क्रममा रहेका सौरभ जैन र उनका सहयोगी दिलीप चौरसियालाई भारतको पश्चिम बंगाल प्रहरीले आइतबार पक्राउ गरेको हो ।

भुटान र भारतको सीमा नजिक उनीहरुलाई प्रहरीले पक्राउ गरेको स्रोतले बतायो । पछिल्लो समयमा म्यानमारबाट भुटान हुँदै नेपाल र भारतमा सुन तस्करी गर्ने क्रम बढ्दै गएको छ । म्यानमारबाट भुटानको बाटो हुँदै नेपाल र भारतमा सुन छिराउने तस्करहरु सल्बलाए पछि भारको पश्चिम बंगाल सरकारले सीमा नाकामा कडाई गर्दै आएको छ ।

१० किलो सुनसहित पक्राउ परेका जैन बीरगंजका बासिन्दा हुन् । उनी हुन्डी कारोवारीको रुपमा पर्सा प्रहरीको फरार सूचीमा रहँदै आएका छन् ।