देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपकुलपतिमाथि भएको व्यवहारको कांग्रेसद्धारा विरोध

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा समय मागेर कांग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।
क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।
राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।