देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा.केसी र अधिकारीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुन्छ: गृहमन्त्री

देशान्तर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रा .डा केसी र अधिकारीका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले डा. गोविन्द केसी र ग्ंगामाया अधिकारीको माग सम्बोधन गरिने बताए ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपतबाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । गृहमन्त्री थापाले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपदमा आधारभूत सेवा र्पुयाउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा .डा कुलप्रसाद कोइराला जानकारीविना क्यानडा जान लागेकाले फर्काउनुपरेको उनको भनाई थियो ।